Thursday, 30 May 2013

मोरङ हरैचाको स्वास्थ्य केन्द्रमा चौबिस घण्टे सेवा


सुनिता राई, डिसीनेपाल डटकम संवाददाता - मोरङको हरैचामा रहेको स्वास्थ्यकेन्द्रले स्थानीयवासीसमेतको सहयोगमा आरोग्य सहकारी समिति निर्माण गरी केन्द्रमा चौबिसघण्टे सेवा सुरु गरेपछि स्वास्थ्यकेन्द्रमा आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ ।

आदिवासी र दलित समुदायको बाहुल्यता रहेको उक्त स्वास्थ्य केन्द्रले उपचार सेवालाई प्रभावकारी बनाउन दुई वर्ष अघिदेखि चौबिसघण्टे सेवा सुरु गरेको थियो । सो स्वास्थ्यकेन्द्रले चौबिसघण्टे सेवा दिन थालेपछि लक्षित गाविसका मात्र नभएर टाढाटाढाबाट बिरामी पनि उपचारका लागि आउन थालेको स्वास्थ्य केन्द्रका स्वास्थ्य सहायक शेखर यादवले बताए ।

का अनुसार चौबिसघण्टे सेवा सुचारु भएपछि सबैभन्दा बढी राहत प्रसूति गराउने महिलालाई भएको छ । केन्द्रमा चौबिस घण्टा सेवा सुरु भएपछि राति पनि हरेक दिन दुई दक्ष स्वास्थ्यकर्मी (एक अहेब र एक नर्सिङ स्टाफ) काममा खटिने गरेका छन् ।   

सो सेवा सुरु हुनुअघि स्थानीय महिलाले प्रसूति गराउन १५ किलोमिटर टाढा रहेको सदरमुकाम विराटनगर र छिमेकी जिल्लाका अस्पतालमा जानुपर्ने बाध्यता थियो ।

टाढा गएर प्रसूति गराउनु खर्चिलो पनि हुने भएकाले सबै मानिसको आर्थिक अवस्थाले नभ्याउने हुँदा गरिब महिला घरमै असुरक्षित प्रसूति गराउन पनि बाध्य थिए । हरैचा गाविसका सचिव सूर्य लम्सालका अनुसार गाउँमै प्रसूति गराउन पाएपछि आमा सुरक्षा कार्यक्रमको रकम पनि सदुपयोग भएको छ ।  

गत २०५३ मा स्थापना भएको हरैचा स्वास्थ्यकेन्द्रले लक्षितरूपमा पिछडिएका जाति थारु, ऋषिदेवलगायतको बाक्लो बसोवास भएका गाविस हरैचा, कसेनी, दुलारी, इन्द्रपुर, बेलबारी, सुन्दरपुर, मृगौलिया गाविसका बिरामीलाई उपचार सेवा पु-याइरहेको छ ।

तर चौबिसघण्टे सेवाको प्रभावकारिताले गर्दा उत्तरी र पूर्वी मोरङका मानिस पनि उपचारका लागि आउने गरेका छन् । विसं २०६९ साउनदेखि चैतसम्म केन्द्रमा आएका ५० जना सुत्केरीमध्ये ४५ जना पिछडिएको समुदायका नै थिए ।    

चौबिसघण्टे सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकेन्द्रले आफ्नै आर्थिक समिति बनाई कर्मचारी आवासगृहसमेत निर्माण गरेको छ । जसले स्वास्थ्यकर्मीलाई राति ड्युटीमा बस्न सजिलो हुनेगरेको छ ।

केन्द्रका अनुसार चौबिसघण्टे सेवा सुरु भएपछि वर्षमा झन्डै १०० महिला प्रसूति गराउन वर्थिङ सेन्टरमा र १५० जना अन्य बिरामी अन्तरङ्ग विभागमा उपचार गराउन आउन थालेका छन् । गत वर्ष आएका झन्डै १०० प्रसूतिका बिरामीमध्ये ६० जनाको स्वास्थ्यकेन्द्रमै सफल प्रसूति भएको थियो ।

जिल्ला जनस्वास्थ्य मोरङका अनुसार मोरङमा रहेका स्वास्थ्य केन्द्रहरूमा सातवटा प्रसूति केन्द्र छन् । तर सबैमा चौबिसघण्टे सेवा लागू भएको छैन । भएका पनि स्वास्थ्यकर्मीहरू नियमित नबस्दा उपचार सेवा प्रभावकारी हुन सकेको छैन ।

जम्मा १३ जनाको दरबन्दी रहेको हरैचा स्वास्थ्य केन्द्रमा स्वास्थ्य सहायकसहित जम्मा नौजना स्वास्थ्यकर्मी मात्र छन् । बर्थिङ सेन्टरमा उपकरण र स्वास्थ्य केन्द्रमा बजेटको पनि अभाव छ ।

केन्द्रमा अझै पनि प्रसूति गराउँदा अति आवश्यक मानिने निर्मलीकरण गर्ने बच्चा तान्ने अक्सिजन सिलिन्डर र फर्निचरदेखि बिरामी ल्याउन, पु-याउन एम्बुलेन्सलगायतको अभाव छ ।

तर पनि यहाँ स्वास्थ्य सहायकसहितको प्रयासमा उपचार सेवा भरपर्दो भइरहेको र सेवाको विश्वास पनि बढ्दै गइरहेको स्थानीयवासी रमेश गजमेरले बताएका छन् ।

उम्मेदवारी दर्ताको विषयमा पोखराको ईन्जिनियरिङमा झडप

 उम्मेदवारी दर्ताको विषयलाई लिएर पोखराको लामाचौरस्थित ईन्जिनियरिङ संस्थानको पश्चिमाञ्चल क्याम्पसमा झडप भएको छ।

नेविसंघ र अनेरास्ववियुले उम्मेदवारी दर्ता गर्न जानु अघि नै एमाओवादी निकट अखिल क्रान्तिकारीले निर्वाचन कार्यालयमा तालाबन्दी गरेपछि दुबै पक्ष बीच झडप भएको हो । झडपका क्रममा केही विद्यार्थी र प्रहरी घाइते भएका छन् ।

क्रन्तिकारीले ताला खोल्न नमानेको र नेविसंघ, अनेरास्ववियुले उम्मेदवारी दर्ता नगरी नर्फकने अडानले क्याम्पसमा झडप शुरु भएको थियो । झडपमा ७ जना विद्यार्थी र ४ प्रहरी घाइते भएका छन् । उनिको पोखराको मणिपाल अस्पतालमा उपचार भैरहेको छ । घाइते हुनेमा अखिल क्रान्तिकारीका विकास नेपाली, नारायण बडाल, राम, नेपाल प्रहरीका लोक बहादुर भट्टराई लगातका रहेका छन् ।

क्रन्तिकारीले केन्द्रीय नीति अनुसार कार्यालयमा ताला लगाएको बताएको छ । एउटा पक्षले ताला लगाएको र अर्काेले खोल्न आएपछि विवाद भएको निर्वाचन अधिकृत माधव प्रसाद शर्माले बताए । दुई पक्षबीच झडपको अवस्था आएपछि निर्वाचन प्रकृया क्याम्पस प्रशासनले सुचना टाँस गरि स्थगित गरेको छ । आज बिहान १० बजे देखि २ बजे सम्म उमेद्वारी दर्ताको कार्यक्रम रहेको थियो ।

अहिले सुरक्षाको लागि क्याम्पस परिसरमा शसस्त्र प्रहरी र नेपाल प्रहरीलाई परिचालन गरिएको छ ।

चितवनमा भोलीदेखि नेसन युथ एसोसियसनको सम्मेलन हुने


युनाईटेड नेसन युथ एण्ड स्टुडेन्ट एसोसियसन नेपालको आयोजनामा भोली देखी ३ दिने राष्ट्रिय सम्मेलन हुने भएको छ ।

आज युनाईटेड नेसन युथ एण्ड स्टुडेन्ट एसोसीयसन नेपालले भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गदै कार्यक्रमको बारेमा जानकारी दिएको छ ।

भरतपुरको चितवन मेडिकल कलेजको आयोजनामा आयोजित सो कार्यक्रममा नेपाल भरीका १८ वटा मेडिकल शिक्षण अस्पतालमा अध्ययनरत विद्यार्थिहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

स्वास्थ्य क्षेत्रमा लागेका विद्यार्थिहरुलाई नेपालको विद्यमान स्वास्थ्य नितिको वारेमा जानकारी दिन यो कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।

भोलि देखि तिन दिन सम्म संचालन हुने सो सम्मेलनमा नेपाल भरीका करिब ५ सय जना बिद्यार्थीहरुको सहभागीता रहने बताइएको छ ।

कार्यक्रमको उद्घमटन समारोहमा विभिन्न रोगका विशेषज्ञ तथा डाक्टरहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । विश्व स्वास्थ्य संघका जनस्वास्थ्य प्रशासक फ्याङ्क पाउलीङ्ग प्रमुख अतिथि रहने बताइएको छ ।

चितवनको जुटपानीमा एमालेको घर दैलो कार्यक्रम शुरु


आगामी संबिधान सभा निर्बाचनलाई मध्यनजर गर्दै नेकपा एमालेले अगाडी सारेको घरघरमा एमाले गाउँ गाउँमा एमाले अभियान अन्र्तगत आज बाट पुर्वि चितवनको जुटपानीमा घर दैलो कार्यक्रम शुरु भएको छ ।

नेकपा एमाले जुटपानीको ९ वटै वडाका तिन सय पचास भन्दा बढी कार्यकर्ताहरुको सहभागिता रहेको सो घर दैलो कार्यक्रमको नेकपा एमालेका राष्ट्रिय प्रतिनिधि परिषद सदस्य कृष्ण प्रसाद खनालले अभियानका ईन्चार्ज बिनोद  रेग्मीलाई पार्टिको झण्डा र प्रचार सामग्री हस्तान्तरण गरेर उद्घाटन गरेका थिए ।   

सो कार्यक्रम अन्र्तगत आज जुटपानी गाबिसको १, ३ र ४ वडा मा घर दैलो कार्यक्रम सम्पन्न भएको र सबै वडामा घर दैलो कार्यक्रम संचालन गरिने नेकपा एमाले जुटपानीका अध्यक्ष केशब लामाले जानकारी दिए ।

नारायणगढको एक नदीमा पौडी खेल्ने क्रममा एक युवकको मृत्यु

डिसीनेपाल डटकम संवाददाता – नारायणगढमा अबस्थित दियाला बंगाला पछाडी नारायणी नदिमा पौडि खेल्ने क्रममा डुबेर आज दिउसो एक युबा बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार बेपत्ता हुनेमा पाटनको नेशनल ईन्जिनियरीङ कलेजमा बि ई तेश्रो बर्षमा अध्धयनरत २१ बर्र्षीय सन्देश बिक्रम लामिछाने रहेका छन् ।लामिछानेको प्रहरी र स्थानियबासीका ेसहयोगमा अहिले खोजिकार्य भईरहेको छ ।

 ६ जनाको समुहमा पौडी खेल्न गएका मध्ये लामिछाने डुबेर बेपत्ता भएका हुन् ।सो टोली बिगत ४ दिन अघि देखि काठमाण्डौ बाट शैक्षिक भ्रमणका लागी निस्किीएको बताईएको छ ।

दोहोरो जिम्वेवारीका कारण पत्रकार असुरक्षित


लक्ष्मी गौतमडिसीनेपाल डटकम संवाददाता - राजनैतिक दल, तिनका भातृ र युवा संघठनसँगै बि–भिन्न पेशागत जिम्बेवारीमा रहेर कार्य सम्पादन गर्ने गरेका कारण पत्रकारको सुरक्षा धरापमा पर्ने गरेको फिदिममा आयोजित  अभिब्यक्ति स्वतन्त्रता र पत्रकारको सुरक्षा बिषयक अन्तरसम्बाद कार्यक्रमका सहभागीहरुले निष्कर्ष निकालेका छन ।

मानब अधिकार पत्रकार संघको आयोजना र नेपाल पत्रकार महासंघ पाँचथर शाखाको संयोजनमा सम्पन्न कार्यक्रममा बोल्ने अधिकारकर्मी सञ्चारकर्मी, राजनैतिक दल र सञ्चार सम्बद्व सस्थाका प्रतिनिधिहरुले यस्तो निष्कर्ष निकालेका हुन ।

सञ्चार बिज्ञ लक्ष्मणदत्त पन्तले पत्रकारिता पेशामा संलग्न ब्यक्तिलाई राजनैतिक दलमा आश्था र मतदान गर्ने स्वतन्त्रता भएपनि आश्था र बिचारलाई पेशामा ल्याएर दुरुपयोग गर्नु नहुने स्पष्ट पारे ।

अधिकांश स्थानमा पत्रकारले, राजनैतिक दल र अन्य संघ संघठनमा बराबरी जिम्वेवारी निर्बाह गर्दै आएका कारण उनीहरुको भूमिका बिबादमा पर्ने गरेको टिप्पणी गर्दै पत्रकारितामा संलग्न ब्यक्तिले दोहोरो जिम्बेवारी बहन गर्नु नहुने उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोग पुर्वाञ्चल क्षेत्रीय कार्यालय प्रमूख अर्जुनप्रसाद कोइरालाले पत्रकारले घटनास्थलमा नपुगी दोस्रो स्रोतको बिश्वास गरेर समाचार लेख्ने गरेकाले पनि बिबादमा पर्ने गरेको टिप्पणी गरे ।

मानव अधिकार पत्रकार संघका महासचिव गणेशप्रसाद घिमिरेले मानव अधिकारका घटनालाई पहिलो पटक सार्वजनिक गर्ने पत्रकार बेला बखत बिबादमा पर्ने गरेको भन्दै यस्ता घटना न्युनिकरण गर्न पत्रकारका लागि अभिमुखिकरण चलाँउदै आएको प्रष्ट पारे ।

कार्यक्रममा एकिकृत नेकपा माओबादीका जिल्ला इन्चार्ज दिनेश लावती, कांग्रेस सभापति नरेन्द्रकुमार केरुङ, नेकपा माओबादीका जिल्ला अध्यक्ष अमरसिंह थापा मञ्च सम्बद्व संघीय लिम्बुवान राज्य परिषदका सचिव सागर केरुङ लगायतले बोलेका थिए ।

कार्यक्रमको अध्यक्षता पत्रकार महासंघ पाँचथरका अध्यक्ष लक्ष्मी गौतम र सञ्चालन मानव अधिकार पत्रकार संघका कोषाध्यक्ष किशोर पौडेलले गरेका थिए ।

उपयोग गर्न नपाउदै बाजुराको काप्रीमा सिचाँई ट्याङ्की भत्कियो

रमेश भट्टराई,डिसीनेपाल डटकम संवाददाता - वाजुराको जग्गनाथ गाबिसको वडा नम्वर ८ ताकु काप्रीमा निर्माण गरिएको सिचाँई टयाङ्की प्रयोगमा नआउदै भत्कीएको छ । 

सहास नेपाल र केयर नेपालको करिब ६ लाखको लागतमा निर्माण गरिएको ट्याङ्की प्रयोगमा नआउदै भत्किएको हो । संस्थाको नियम विपरित ट्याङ्की निर्माण गर्दा १ वर्ष नबित्दै समस्या आएको स्थानिय मनलाल बिष्टले जानकारी दिए । 

उनले संस्थाले लगानी मात्रै गरेको तर अनुगमन नगरेकाले यस्तो समस्या सिर्जना भएको बताउनुभयो । उक्त सिचाँई ट्याङ्की ट्याङ्की २०६८ अषाढमा निर्माण गरिएको थियो ।