आगामी संबिधान सभा निर्बाचनलाई मध्यनजर गर्दै नेकपा एमालेले अगाडी सारेको घरघरमा एमाले गाउँ गाउँमा एमाले अभियान अन्र्तगत आज बाट पुर्वि चितवनको जुटपानीमा घर दैलो कार्यक्रम शुरु भएको छ ।
नेकपा एमाले जुटपानीको ९ वटै वडाका तिन सय पचास भन्दा बढी कार्यकर्ताहरुको सहभागिता रहेको सो घर दैलो कार्यक्रमको नेकपा एमालेका राष्ट्रिय प्रतिनिधि परिषद सदस्य कृष्ण प्रसाद खनालले अभियानका ईन्चार्ज बिनोद रेग्मीलाई पार्टिको झण्डा र प्रचार सामग्री हस्तान्तरण गरेर उद्घाटन गरेका थिए ।
सो कार्यक्रम अन्र्तगत आज जुटपानी गाबिसको १, ३ र ४ वडा मा घर दैलो कार्यक्रम सम्पन्न भएको र सबै वडामा घर दैलो कार्यक्रम संचालन गरिने नेकपा एमाले जुटपानीका अध्यक्ष केशब लामाले जानकारी दिए ।
No comments:
Post a Comment