उच्चस्तरीय राजनीतिक समितिले निर्वाचनसम्बन्धी कानुनमा सहमति जुटाउन कार्यदल गठन गरेको छ। आज बसेको संयन्त्रको बैठकले संयन्त्रमा सहभागी चार दलबाट दुई–दुई जना प्रतिनिधि रहेको कार्यदल बनाएको हो।
कार्यदलमा एकीकृत माओवादीबाट कृष्णबहादुर महरा र खिमलाल देवकोटा, कांग्रेसबाट रामशरण महत र मिनेन्द्र रिजाल रहेका छन्। यस्तै एमालेबाट रघुजी पन्त र अग्नि खरेल तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबाट हृदयेश त्रिपाठी र जितेन्द्र देव रहेका छन्।
अब अध्यादेशमा टुंगो लागेपछिमात्र सरकारले चुनावको मिति घोषणा गर्ने समिति संयोजक एमाले अध्यक्ष झलनाथ खनालले जानकारी दिए। प्रस्तावित निर्वाचन अध्यादेशमा थ्रेस होल्ड, उम्मेद्वार मनोनय गर्दा आफूविरुद्धको अभियोग र सम्पतिको स्वघोषणा गर्ने व्यवस्थाप्रति दलहरुबीच सहमति हुन सकेको छैन। उनीहरुबीच संविधानसभा सदस्य संख्यामा पनि एकमत छैन।
एकीकृत माओवादी र मधेसी मोर्चाले पुरानै संख्या ६ सय १ कायम गर्नुपर्ने बताउँदै आएका छन् भने कांग्रेस–एमालेले ४ सय ९१ प्रस्ताव गरेका छन्। यसअघि कांग्रेस सभापति सुशील कोइराला नआएपछि पटक संयन्त्रको बैठक स्थगित भएको थियो।
बैठकले स्ववियु निर्वाचन स्थगित भएकोमा समेत चासो देखाएका छन्। बैठकमा वातावरण तयार पारेर तत्काल स्ववियु चुनाव गराउनुपर्ने छलफल भएको कांग्रसका महामन्त्री कृष्ण सिटौलाले बताए।

No comments:
Post a Comment