Thursday, 30 May 2013

दोहोरो जिम्वेवारीका कारण पत्रकार असुरक्षित


लक्ष्मी गौतमडिसीनेपाल डटकम संवाददाता - राजनैतिक दल, तिनका भातृ र युवा संघठनसँगै बि–भिन्न पेशागत जिम्बेवारीमा रहेर कार्य सम्पादन गर्ने गरेका कारण पत्रकारको सुरक्षा धरापमा पर्ने गरेको फिदिममा आयोजित  अभिब्यक्ति स्वतन्त्रता र पत्रकारको सुरक्षा बिषयक अन्तरसम्बाद कार्यक्रमका सहभागीहरुले निष्कर्ष निकालेका छन ।

मानब अधिकार पत्रकार संघको आयोजना र नेपाल पत्रकार महासंघ पाँचथर शाखाको संयोजनमा सम्पन्न कार्यक्रममा बोल्ने अधिकारकर्मी सञ्चारकर्मी, राजनैतिक दल र सञ्चार सम्बद्व सस्थाका प्रतिनिधिहरुले यस्तो निष्कर्ष निकालेका हुन ।

सञ्चार बिज्ञ लक्ष्मणदत्त पन्तले पत्रकारिता पेशामा संलग्न ब्यक्तिलाई राजनैतिक दलमा आश्था र मतदान गर्ने स्वतन्त्रता भएपनि आश्था र बिचारलाई पेशामा ल्याएर दुरुपयोग गर्नु नहुने स्पष्ट पारे ।

अधिकांश स्थानमा पत्रकारले, राजनैतिक दल र अन्य संघ संघठनमा बराबरी जिम्वेवारी निर्बाह गर्दै आएका कारण उनीहरुको भूमिका बिबादमा पर्ने गरेको टिप्पणी गर्दै पत्रकारितामा संलग्न ब्यक्तिले दोहोरो जिम्बेवारी बहन गर्नु नहुने उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोग पुर्वाञ्चल क्षेत्रीय कार्यालय प्रमूख अर्जुनप्रसाद कोइरालाले पत्रकारले घटनास्थलमा नपुगी दोस्रो स्रोतको बिश्वास गरेर समाचार लेख्ने गरेकाले पनि बिबादमा पर्ने गरेको टिप्पणी गरे ।

मानव अधिकार पत्रकार संघका महासचिव गणेशप्रसाद घिमिरेले मानव अधिकारका घटनालाई पहिलो पटक सार्वजनिक गर्ने पत्रकार बेला बखत बिबादमा पर्ने गरेको भन्दै यस्ता घटना न्युनिकरण गर्न पत्रकारका लागि अभिमुखिकरण चलाँउदै आएको प्रष्ट पारे ।

कार्यक्रममा एकिकृत नेकपा माओबादीका जिल्ला इन्चार्ज दिनेश लावती, कांग्रेस सभापति नरेन्द्रकुमार केरुङ, नेकपा माओबादीका जिल्ला अध्यक्ष अमरसिंह थापा मञ्च सम्बद्व संघीय लिम्बुवान राज्य परिषदका सचिव सागर केरुङ लगायतले बोलेका थिए ।

कार्यक्रमको अध्यक्षता पत्रकार महासंघ पाँचथरका अध्यक्ष लक्ष्मी गौतम र सञ्चालन मानव अधिकार पत्रकार संघका कोषाध्यक्ष किशोर पौडेलले गरेका थिए ।

No comments:

Post a Comment